समाचार

चाँगुनारायणबाट जुवा खेल्ने ७ जना पक्राउ

Juwa

४ जेठ, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित चाँगुछापमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय मीना तामाङको घरमा जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा ३४ वर्षीय अरुण गुरुङसहित ७ जना रहेका छन् । जुवा खेलाउने घरधनी मीना तामाङ फरार छिन् । जुवा खालबाट प्रहरीले ८२ हजार नगद र ६ बुक तास बरामद गरेको छ ।

सोमबार साँझ पक्राउ परेका उनिहरुलाई कोभिड–१९ संक्रमणको कारण मुद्दा दर्ता गरेर हाजिर जमानीमा छाडिने एसपी थापाले बताइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस