मुख्य समाचार

एकपछि अर्को रेकर्ड ब्रेक गर्दै सेयर बजार, नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च

stock market

४ जेठ, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २८ सय अंकनजिक पुगेको छ । यस दिन परिसूचक ३४. ६८ अंकले बढेर २७९३ अंकमा पुगेको छ । यो अंक हालसम्मकै उच्च हो ।

परिसूचकका अलवा ११ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । एकै दिन कारोबार भएको यो रकम अहिलेसम्मकै उच्च हो ।

यस दिन उत्पादनबाहेकका सबै समूह बढेका छन् । सो समूह ५ अंकले घटेको छ । बैंकिङ ४, ब्यापार ७६, होटल तथा पर्यटन २००, विकास बैंक १००, जलविद्युत ९६, फाइनान्स ८०, निर्जीवन बीमा कम्पनी ८१, अन्य १६, माइक्रोफाइनान्स ८५ र जीवन बीमा कम्पनी २०५ अंकले बढेका छन् ।

यस दिन ११ कम्पनीको मूल्य ठीक १० प्रतिशतले बढेको छ। भने अरु २२ कम्पनीको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समता माइक्रोफाइनान्स, कालिका पावर, नेसनल हाइड्राे, साेल्टी होटल, ओरेन्टल होटल, बेष्ट फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, विशाल बजार कम्पनी, घलेम्दी हाइड्रोपावर, मिथिला लघुवित्त र शिवश्री हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *