मुख्य समाचार

चितवनमा कोरोना संक्रमितको उपचारमा सहयोग गर्दै धुर्मुस

dhurmus oxygen donation

४ जेठ, काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शैयाको कोभिड अस्पताललाई ५० थान अक्सिजन दिएका हुन् ।

‘अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर अस्पताललाई सहयोग गरेको हो’ धुर्मुसले भने ‘देशमा देखिएको अक्सिजनको अभावलाई मध्यनजर गर्दै बर्दिवासमा अक्सिजन प्लाट स्थापना गर्ने योजना समेत छ ।’ उनले संक्रमितलाई आत्मबल बढाउन, डर र त्रासबाट विचलित नहुन आग्रह समेत गरेका छन् ।

फाउन्डेसनले महामारीबाट पीडित भएकाहरूको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरेर एम्बुलेन्स, रक्तदान लगायतका सेवा दिँदै आएको छ । हालसम्म हेल्प डेस्कबाट ८ सयभन्दा बढी व्यक्तिलाई सेवा दिइसकेको र भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको धुर्मुसले सामाजिक संजालबाट जानकारी दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस