कर्पोरेट

हिमालय एयरलाइन्सले नेपालमा रोकिएका भारतियलाई साउदी अरेबिया लैजान चार्टर्ड उडान गर्दै

himalaya airlines

४ जेठ, काठमाडौं । हिमालय एयरलाइन्सले नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजानका लागि चार्टर्ड उडान गर्ने भएको छ । सरकारको अनुमति अनुसार चार्टर्ड उडान गर्न लागिएको एयरलाइन्सले जनाएको हो ।

उडान आज (मे १८) काठमाडौं देखि साउदी अरेबियाको दम्मामका लागि ३ वटा उडान हुने पनि एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले चार्टर्ड उडानका लागि नयाँ भाडादर पनि जारी गरेको छ । जसमा काठमाडौं देखि दम्मामका लागि ८२० अमेरिकी डलर तोकेको छ । साथै यात्रुले अनिवार्य रुपमा पीसीआर जाँच गरेको हुनुपर्नेछ । पीसीआर नेगेटिभ आउको रिपोर्ट देखाएर मात्रै यात्रा गर्न पाउने पनि एयरलाइन्सले जनाएको छ । यसैगरी, साउदी अरेबियाको नियमअनुसार यात्रुले अनिवार्य क्वारेन्टिनमा पनि बस्नुपर्ने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *