बागमती प्रदेश

उद्योग संघले हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

hetauda hospital

४ जेठ, मकवानपुर । हेटौंडा र उद्योग संघ मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्ने भएको छ । अक्सिजन अभावमा अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको उपचारमा समस्या हुन थालेपछि संघले अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गर्न लागेको हो ।

सामजिक विकास मन्त्रालयको उपस्थितिमा आगामी ३० दिन भित्र निर्माण सम्पन्न गर्ने गरी प्लान्ट स्थापनाका लागि सम्झौता गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । उनका अनुसार, कुल १ करोड २८ लाख लागतमा दैनिक १ सय १० वटा सिलिन्डर भर्न सक्ने क्षमताको प्लान्ट स्थापना गर्न संघसँग सम्झौता भएको हो ।

सम्झौतामा प्रतिष्ठानका रजिष्ट्रार प्रसाई र उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले हस्ताक्षर गरेका छन् । उक्त प्लान्ट स्थापनाका लागि केही दिनमा नै कन्ट्रयाक्टरसँग सम्झौता गरि प्लान्ट आयात गरिने र सम्झौता भएको २०/३० दिनमा उक्त प्लान्ट संचालनमा आउने संघका अध्यक्ष पोखरेलले बताए । उक्त प्लान्ट संचालनमा आएपछि सामान्य अवस्थामा दैनिक २ सय वेड क्षमताका एचडियु, आइसियुका विरामीको उपचारका लागि प्रयाप्त मात्रामा अक्सिजन उत्पादन गर्न सकिने उनले बताए ।

हेटौंडा औद्योगीक क्षेत्रमा रहेका उद्योग प्रतिष्ठानहरुको आर्थिक सहयोगमा उक्त प्लान्ट स्थापना गर्ने संघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस