४ जेठ, जनकपुरधाम । सिरहामा कोरोना संक्रमणबाट एकजना चिकित्सकको मृत्यु भएको छ ।
लहान नगरपालिका वडा ६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । चौधरीको कोरोना संक्रमणबाट मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।
उनका अनुसार डा.चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए ।
३५ वर्षीय डा.चौधरी लहानमा डाइग्नोष्टिक सेन्टर सञ्चालन गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस