मुख्य समाचार

लमजुङ केन्द्र बनाएर ५.३ रेक्टर स्केल भूकम्प

earthquake nepal

५ जेठ, काठमाडौं । लमजुङ केन्द्र बनाएर फेरि भूकम्प गएको छ ।

बुधबार बिहान लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि भुलभुलेलाई नै केन्द्रबिन्दु बनाएर ५ बजेर ४२ मिनेट जाँदा ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ । काठमाडौं उपत्यकासहित बासिहरू पनि घर बाहिर निस्किएका छन् । भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् । भूकम्पको

केन्द्रविन्दु मस्र्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस