मुख्य समाचार

विन्टर ओलम्पिक बहिस्कार गर्न विश्वका नेताहरुलाई अमेरिकी सभामुखको अपिल

Nancy Pelosi

५ जेठ, काठमाडौं । अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले २०२२ मा बेइजिङमा हुने विन्टर ओलम्पिक खेलको ‘कुटनीतिक’ बहिस्कार गर्न आव्हान गरेकी छिन् । चीनले मानवअधिकारको विपक्षमा काम गरेकाले यस ओलम्पिकमा उपस्थित हुने वैश्विक नेताहरुको नैतिकता कमजोर हुने दाबी समेत उनले गरिन् ।

कुटनीतकि बहिस्कारकोे अर्थ यस प्रतियोगिता हेर्न विश्वका ठूला नेता नजाने भन्ने हो । ‘राष्ट्रका प्रमुखहरु चीन गएर कृपया चीनियाँ सरकारको सम्मान नगरौं,’ पेलोसीले भनेकी छिन्, ‘राष्ट्र प्रमुखहरु चीन गएर कुर्सीमा बसिरहदाँ त्यहाँ जातिय हत्या चलिरहेको हुनेछ । र यसले ठूलो प्रश्न जन्माउनेछ । तपाई यसपछि फेरि कुन नैतिकताले विश्वको कुनै कुनाको मानवअधिकार पक्षमा बोल्नुहुनेछ ?’

कम्तिमा १० लाख विगुर र अन्य मुस्लिम समुदायलाई चीनको पश्चिमी सिन्जियाङ प्रान्तमा बन्दी बनाएर राखिएको विश्वस्त रिपोर्ट प्राप्त भएको संयुक्त राष्ट्रसंघको एक स्वतन्त्र प्यानलले सन् २०१८ मा जनाएको थियो ।

चीनले यस क्याम्पलाई प्राविधिक तालिम केन्द्रका रुपमा व्याख्या गरिरहेको छ, यस केन्द्रले अतिवाद हटाउने लक्ष्य राखेको उसको दाबी छ । चीनले दुव्यर्वहार र जाति हिंसाको आरोप पनि खण्डन गर्दै आइरहेको छ । २०२२ को ओलम्पिक खेलको स्थान परिवर्तन हुनुपर्ने वा यसलाई बहिस्कार गर्नुपर्ने पक्षमा अमेरिकी संसद्हरुले निरन्तर धारणा राख्दै आएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस