
५ जेठ, काठमाडौं । बुधबार बजारमा अहिलेसम्मकै धेरै रकमको सेयर किनबेच भएको छ । यस दिन ११ अर्ब ९५ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । एकै दिनमा यति धेरै रकमको सेयर किनबेच भएको पहिलो पटक हो ।
यसअघि हिजो मात्रै ११ अर्ब ३५ करोडको कारोबार भएको थियो । कारोबारमा उत्साह देखिँदा पनि नेप्से परिसूचक भने घटेको छ । यस दिन परिसूचक १३ अंकले घटेर २७८० मा कायम भएको हो । समूहगत रुपमा हेर्दा यस दिन बैंकिङ ७, ब्यापार ३५, होटल तथा पर्यटन १४ र फाइनान्स १ अंकले बढेका छन् ।
विकास बैंक ५१, जलविद्युत ६०, निर्जीवन बीमा १५७, उत्पादन ६६, अन्य २७, माइक्रोफाइनान्स ८ र जीवन बीमा समूह २८ अंकले घटेका छन् । परिसूचक घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।
यस दिन १० प्रतिशत मूल्य बढेका कम्पनीमा समता लघुवित्त, रुरु जलविद्युत, गोर्खा फाइनान्स, नेपाल फाइनान्स र कर्णाली विकास बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
राधि विद्युतको ८, युनाइटेड इदी मर्दीको ७ तथा विशाल बजार कम्पनीको ५ प्रतिशत बढी मूल्य बढेको छ ।