
५ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको निधन भएको छ ।
कोरोना संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको आज निधन भएको हो ।
डा कार्की ललितपुरको किस्ट मेडिकल कलेजमा कार्यरत थिइन् । नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालका अनुसार डाक्टर कार्की इमान्दार, लगनशील र निष्ठावान तथा प्रतिष्ठित नेत्र रोग विशेषज्ञ थिइन् ।
प्रतिक्रिया दिनुहोस