मुख्य समाचार

थप ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, २४६ जनाको मृत्यु

jageshwor gautam

५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै ७ हजार ९८९ जना पछिल्लाे २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६  जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा २४६ को मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस