प्रदेश १

प्रदेश १ मा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

covid 19 dead body

५ जेठ, काठमाडौं । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको  मृत्यु भएको छ ।

प्रदेशका बिभिन्न अस्पतालमा उनीहरुको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा एकै दिन यतिको धेरै संख्यामा संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । यसअघि २४ घण्टामा १८ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार ९ जना महिला र १२ पुरुषको मृत्यु भएको हो । मोरङमा ७, झापामा ६, सुनसरीमा ५, उदयपुरमा १ र अन्यमा २ जनाको मृत्यु भएको मन्त्रालय जनाएको छ । उनीहरुको विराटनगर, धरान र झापाको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । कोरानाको दोश्रो लहर चलेसँगै प्रदेश १ मा १ सय ४३ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस