प्रदेश २

एमालेका नेता योगनारायण यादव कोरोना संक्रमणबाट निधन

yadav

६ जेठ, धनुषा । नेकपा एमालेका पोलिटब्युरो समिति सदस्य योगनारायण यादवको कोरोना संक्रमणको कारण निधन भएको छ ।

एमाले धनुषाका सह–ईन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित थिए । विगत ४ दिनदेखि धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचार काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा हुँदै आएको थियो ।

मृगौला प्रत्यारोपणका लागि उपचाररत रहेका ५७ वर्षीय नेता यादवलाई कोरोना संक्रमणका कारण मृगौला प्रत्यारोपण हुन नसकेको एमाले धनुषाका इन्चार्ज रामचन्द्र मण्डलले जानकारी दिए ।

उनको हस्पिटलमै उपचारको क्रममा कोरोना संक्रमणबाट आज विहान निधन भएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले बताए ।उनको शवलाई नेपाली सेनाले हस्पिटलबाट लगेर दाहसंस्कार गर्नेबारे छलफल भइरहेको अध्यक्ष यादवले बताए । नेता योगनारायण यादवका दुई श्रीमती र दुई छोरा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *