राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, कोरोना नियन्त्रणका विषयमा छलफल हुने

maoist meeting

६ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक बिहीबार (आज) बस्दै छ । विहीबार ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा न्यूनीकरणका सन्दर्भमा आवश्यक निर्णय गर्न बैठक बस्न लागेको माओवादीका स्थायी समिति सदस्य गणेश साहले बताए । उनका अनुसार बैठकबाट कोरोना भाइरस संक्रमणविरुद्ध पार्टी पंति परिचालन गर्ने सन्दर्भमा विभिन्न योजना र कार्यक्रमहरु घोषणा गरिनेछ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणबारे पार्टीले गर्नसक्ने कार्यक्रमका विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुसँग परामर्शसमेत गरेका थिए ।

स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुबाट प्राप्त सुझावका आधारमा बैठकले निर्णय लिने साहले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस