मुख्य समाचार

भारतमा लगातार सातौँ दिन नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी

corona india

६ जेठ, काठमाडौं । भारतमा कोरोना संक्रमित घट्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७६ हजार ५९ नयाँ संक्रमित थपिएका छन् । यही अवधिमा ३ लाख ६८ हजार ७८८ जना निको भए भने ३ हजार ८७६ जनाले ज्यान गुमाए ।

लगातार सातौँ दिन नयाँ संक्रमितभन्दा निको हुनेको आँकडा बढी रहेको छ । बुधबार सक्रिय संक्रमितको संख्या ९६ हजार ६४७ जनाले कम भयो । हाल भारतमा ३१ लाख २५ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् ।

११ दिन अघि ९ मेमा यो संख्या सबैभन्दा उच्च ३७.४१ लाख पुगेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *