मुख्य समाचार

आजको सेयर बजार : ६.३ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब ३० करोडमा सीमित

nepse increase

६ जेठ, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से बैंकिङ समूहले बढाएको छ । यस दिन धेरैजसो समूहरु ओरालो लाग्दा बैंकिङ, विकास बैंक र फाइनान्स समूह भने उल्लेख्य बढे । यिनै समूहको दवावले नेप्से ६ अंकमा हरियो रह्यो ।

६.३ अंकले बढेर नेप्से २७८७ अंकमा कायम भएको छ । प्रिओपनिङमा बजारले २८ सय अंक पार गरेको थियो । त्यसपछि भने उतारचढाव रह्यो । यस दिन ९ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो ।

बैंकिङ १७, विकास बैंक ११३ र फाइनान्स समूह ८९ अंकले बढेका छन् । अन्य समूह १ अंकले बढ्यो । ब्यापार २२, होटल तथा पर्यटन १८, जलविद्युत ४२, निर्जीवन बीमा २३, उत्पादन ५६, माइक्रोफाइनान्स १३ र जीवन बीमा समूह ७८ अंकले घटेका छन् ।

यस दिन मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, समता माइक्रोफाइनान्स, गोर्खा फाइनान्स, युनाइटेड इदी मर्दी र जानाकी फाइनान्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस