मुख्य समाचार

राष्ट्रिय सभा उपनिर्वाचन: नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा पराजित, खिमलाल विजयी

khimlal devkota

६ जेठ, काठमाडौं । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि आज भएको उपनिर्वाचनमा खिमलाल देवकोटाले मतभार ५,०८८ प्राप्त गरेर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी रामबहादुर थापा ‘बादल’ले ४,०१४ मतभार प्राप्त गरेका थिए । प्रमुख निर्वाचन आयुक्त बनेका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले निर्वाचन परिणामको घोषणा गर्दै उक्त जानकारी दिएका हुन् ।

नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा लागेपछि रामबहादुर थापालाई माओवादी केन्द्रले गरेको कारबाहीका कारण उनले सांसद पद गुमाउन पुगेका थिए । सोही पदका लागि पुनः निर्वाचन हुँदा नेकपा एमालेका तर्फबाट थापा उम्मेदवार बनेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस