मुख्य समाचार

पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोना पुष्टि, १९० को मृत्यु

jageshwor

६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि हुनुका साथै २४६ को मृत्यु भएको थियो । यस्तै ७ हजार ९८९ जना संक्रमण मुक्त भएका थिए ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ । यस्तै निको भएकासहित कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

मन्त्रालयले आजसम्म देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८५२ नाघेको जनाएको छ भने १९० जनाको मृत्यु सँगै मृतकको कुल संख्या ५ हजार ८४७ पुगेको छ । बितेको २४ घण्टामा २२ हजार ८७ जनामा कोरोना परीक्षण भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस