मुख्य समाचार

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

Bidya Bhandari

६ जेठ, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुई अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा शपथ सम्बन्धी अध्यादेश २०७८ र कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ अध्यादेश जारी गरेकी हुन् ।

वैशाख ३१ गते उनले प्रधानमन्त्री केपी ओलीलाई संविधानको धारा ७६को उपधारा ३ अनुसार नियुक्त गरेपछि गराएको शपथ विवादित बनेको थियो । एक त ओलीले शपथमा रहेको प्रतिज्ञा गर्छु र ईश्वर भन्ने शव्द उच्चारण गर्न अस्वीकार गरेका थिए । अर्को उनले गराएको शपथको व्यहोरा कुनैपनि प्रचलित कानुनमा नरहेको भन्दै विवाद भएको थियो ।

कानुनमै नभएको व्यहोरा वाचेर प्रधानमन्त्रीले शपथ लिएकाले त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट समेत परेका थिए । सर्वोच्च अदालतले ती रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि राष्ट्रपतिले शपथलाई कानुनी बनाउन अध्यादेश जारी गरेकी छन् । प्रधानमन्त्री वा संवैधानिक अंगका पदाधिकारीले राष्ट्रपतिबाट शपथ लिनुपर्ने संवैधानिक प्रावधान छ ।

संविधानको धारा ८०मा  शपथ सम्बन्धी प्रावधान छ । ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति समक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्री समक्ष आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानून बमोजिम पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ,’ उक्त धारामा भनिएको छ । तर उक्त धारा अनुसार सपथ सम्बन्धी संघीय कानुन भने बनेको थिएन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *