मुख्य समाचार

बादलको हारमा गोकुल बाँस्कोटाको प्रतिक्रिया : ‘दुध ख्याएर पालेका साँपले डसे’

gokul baskota

६ जेठ, काठमाडौं । निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभाको उपनिर्वाचनमा पराजित भएपछि नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले आफ्नै पार्टीको माधव नेपाल पक्षप्रति आक्रोश व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाको उपनिर्वाचनअन्तर्गत बागमती प्रदेशमा एमालेले उम्मेदवार बनाएका थापा विपक्षी गठबन्धनका डा खिमलाल देवकोटासँग पराजित भएका छन् । माधव पक्षीय सांसद तथा स्थानीय जनप्रतिनिधिले मत नदिँदा थापा पराजित भएका हुन् ।

थापा पराजित हुनुमा आफ्नै दलका नेताहरु कारक रहेको औंल्याँउदै बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । माधव पक्षलाई ‘दूध खुवाएर पालेका सर्प’को संज्ञा दिँदै बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘दूध खुवाएर पालेका साँपले डसेका हुन् । बिपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन, नयाँ सुरुआत मात्र ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *