मुख्य समाचार

पार्टीभित्र अहंकार उस्तै छ, विद्रोह निश्चित छ : रामकुमारी झाँक्री

ramkumari

६ जेठ, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी भित्रको परिस्थितिमा कुनै बद्लाव नआएको स्पष्ट पारेकी छिन् ।

‘पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन । अहंकार उस्तै छ । अन्यायको विरुद्ध बिद्रोह निश्चित छ’, प्रधानमन्त्री केपी शर्मा ओली नसच्चिएको तर्फ इंगित गर्दै झाँक्रीले सामाजिक सञ्जालमा भनिन् ।

उनले राष्ट्रियसभामा डा खिमलाल देवकोटा विजयी भएपछि उनले बधाइ समेत दिएकी छिन् ।

‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो। तर अहिले पार्टी भित्रै एउटा स्पेसका लागि संघर्षरत अबस्थामा छौं’, उनले पार्टीभित्रको समस्या सुनाउँदै भनेकी छिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *