
६ जेठ, काठमाडौं । हिन्दी फिल्मबाट हुबहु नक्कल गरेको कुरा बाहिरिएपछि ओएसआरले आफूले निर्माण गरेको ‘मनबार’ युट्यबुबाट हटाएको छ । यो फिल्म हिन्दी सर्ट फिल्म ‘नामर्द’बाट चोरेको चौतर्फी समाचार आएको थियो ।
समाचार आएसँगै अभिनेत्री सुरक्षा पन्तले फेसबुकमा स्ट्याटस लेख्दै आफूबाट गल्ती भएको र यसको दोस्रो भागमा आफूले अभिनय नगर्ने बताएकी थिइन् । केही महिना पहिलै नै सार्वजनिक भए पनि यो फिल्म चोरिएको कुरा हालसालै मात्र सतहमा आएको थियो ।
जीवन शाहीले निर्देशन गरेको यो फिल्ममा ओएसआरकै रुपेन्द्र खड्गीले लेखकको नाम राखेका थिए । ओएसआर डिजिटलले निर्माण गरेको फिल्म ‘मन बार’मा सुरक्षा पन्त र कोशिस क्षेत्रीको अभिनय छ ।
प्रतिक्रिया दिनुहोस