प्रदेश १

प्रदेश १ मा थप ६ सय ७३ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

covid 19 test positive

६ जेठ, विराटनगर । प्रदेश १ मा विहीबार ६७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७५ महिला र १०१ पुरुष सहित १७६, बेलबारीमा ३३, सुन्दरहरैचामा २७, रतुवामाईमा १७, केराबारीमा १४, कटहरीमा ९, जहदा र बुढीगंगामा ६–६, सुनबर्षी र ग्रामथानमा ४–४, धनपालथानमा ३, रंगेली र स्थानीय तह नखुलेका २–२, पथरीशनिश्चरे, उर्लाबारी र मिक्लाजुङमा १–१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, बिहीबार एकैदिन  कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनका कारण मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो । मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा उपचाररत रहेका ७ महिला १६ पुरुषको मृत्यु भएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *