मुख्य समाचार

काँग्रेसले बोलायो आकस्मिक बैठक

congress meeting

६ जेठ, काठमाडौं । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि नेपाली काँग्रेसले भोलि बिहान आकस्मिक बैठक बोलाइएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीलाई बैठकका लागि बोलाइएको ​देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (जेठ ७ गते) बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस