मुख्य समाचार

संविधानमाथि राष्ट्रपति र प्रधानमन्त्रीको अनैतिक जालसाजी : रमेश लेखक

ramesh lekhak

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि जालसाजी गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेर ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि नगई वा म विश्वासको मत लिन सक्दैन भनि राजीनामा नगरी धारा ७६ (५) को सरकारको प्रक्रिया शुरू हुन नसक्ने जिकिर गरेका छन् ।

‘राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर फेरि एकपटक संविधानको खिल्ली उडाउनुभयो। यो काम घोर अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र अनैतिक हो । उहाँहरूले संविधानमाथि गरीरहेको अपराधका लागि इतिहासमा जवाफ दिनु पर्ला,’ लेखकले भनेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस