मुख्य समाचार

कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकतामा छ : उपप्रधानमन्त्री पोखरेल

Ishwor Pokhrel

७ जेठ, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उनले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता  रहेकाले  सरकारले जिटुजी र बिटुबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेको बताए ।

कोरोना महामारीको नियन्त्रणका लागि नेपाललाई विभिन्न देशको साथ र सहयोग प्राप्त भएको उनले जानकारी दिए । कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँको समग्र नेतृत्व गर्नुभएको बताउँदै उनले अहिले फैलिरहेका विभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न सबैलाई आग्रह गरे । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले सञ्चालन गरेको ८८ शय्याको आइसोलेशन केन्द्र निर्माणका लागि राधा स्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

आवश्यकतानुसार २०० शय्यासम्म सञ्चालन गर्न सकिने सो आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको तथा नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन् । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आइसोलेशन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस