समाचार

विद्यार्थीद्धारा जिल्ला अस्पताल दैलेखलाई स्वास्थ्य उपकरण प्रदान

student donation

७ जेठ, दैलेख । विद्यार्थीहरुले दैलेख जिल्ला अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेका छन् । दैलेख जिल्ला नारायण नगरपालिकास्थित त्रिभुवन उच्च माध्यामिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुले स्वास्थ्य उपकरण अक्सिजन कन्सन्टेटर १ थान र अक्सिजन माक्स १५ थान सहयोग गरेका हुन्। विद्यालयका प्राचार्य निरक तारामी मार्फत उक्त सामाग्री सहयोग हस्तारन्तरण गरिएको हो।

त्रिभुवन उच्च माध्यामिक बिद्यालयमा अध्यायन गरी २०६० सालमा एलएलसी दिएका विद्यार्थीहरुले ब्यक्तिगत रुपमा रकम जम्मा गरी स्वास्थ्य सामाग्री सहयोग गरेको मेनका शर्माले जानकारी दिइन । उनले सामाजिक संजालमा जोडिएर ५३ जना विद्यार्थीहरुले अक्सिजन अभावका कारण छटपटाई रहेका बिरामीहरुको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले स्वास्थ्य उपकरण सहयोग गरेको बताईन ।

यस्तो महामारीको फैलिएको अवस्थामा थोरै भएपनि सहयोग गर्न पाउदा खुशी भएको बताउदै उनले यस कार्य जुटनुहुने सवै साथीहरु धन्यवादको पात्र भएको शर्माले बताईन । २०६० मा दैलेखबाट एसएलसी दिएका विद्यार्थीहरु यतिवेला कर्मथलोको रुपमा विभिन्न जिल्लामा रहेका छन् । बिभिन्न ठाउँमा रहेका साथीहरु फेसबुकमा ग्रुप बनाएर रकम संकलनगरी करिब १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्न सफल भएको शर्माले बताईन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस