गण्डकी प्रदेश

बेगनास तालमा एक युवकको शव फेला

Death Body

७ जेठ, पोखरा । पोखरास्थित बेगनास तालमा एक युवकको शव फेला परेको छ । बिहीबार बिहानदेखि वेपत्ता भएका कास्की माझठाना घर भइ हाल पोखरा–२७ मा बसोबास गर्दै आएका ४२ वर्षीय राजुप्रसाद भुर्तेलको शव फेला परेको प्रहरीले जनाएको छ ।

विना सूचना बिहीबार बिहानदेखि बेपत्ता भएका भुर्तेलको खोजीमा रहेका परिवारका सदस्य र प्रहरी टोलीले उनको शव वेगनास तालमा फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

भुर्तेलको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान शुरु गरिएको डिएसपी हमालले बताए । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको हमालले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *