
७ जेठ, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः प्रधानमन्त्रीमा दाबी गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनले प्रधानमन्त्रीमा दाबी गरेका हुन् ।
राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकोमा उनले दिउँसो शीतल निवास पुगेर दाबी गरेका हुन् । ओलीले १५३ जना सांसद्को हस्ताक्षर बुझाएको दाबी उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरेका छन् । एमालेका १२१ र जसपाका ३२ जना सांसद्को समर्थन आफूलाई रहेको दाबी ओलीले गरेको उनले बताएका छन् ।
प्रधानमन्त्रीको दावी गर्दै विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा पनि १ सय ४९ सांसदको हस्ताक्षरसहित शीलतनिवासमा छन् ।
नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ।
— Bishnu Rimal (@BishnuRimal) May 21, 2021