मनोरञ्जन ताजा समाचार

निषेधाज्ञामा फिल्म ‘डमरुको डण्डिवियो’, हेर्नुस् नि:शुल्क !

damaru

७ जेठ, काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने, मेनुका प्रधान अभिनित फिल्म ‘डमरुको डण्डिवियो’ सबैले नि:शुल्क हेर्न पाउने भएका छन् । निषेधाज्ञामा घरमा रहेका दर्शकलाई समय बिताउन सजिलो होस् भनेर फिल्म सिनेमा घर एपमा निशुल्क उपलब्ध गराइएको हो ।

स्व.निर्देशक छेतेन गुरुङ्ग निर्देशित फिल्म केही वर्ष अगाडि प्रदर्शित फिल्म हो । फिल्मलाई सार्वजनिक प्रदर्शनमा भने दर्शकको साथ मिलेको थियो । ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले पछिल्ला दिनमा नेपालीलाई झनै धेरै त्रसित बनाएको छ । हाम्रो लागि यो समय निकै नै कठिन र चुनौतीपूर्ण छ । घरमा बस्दा समय कटाउन गाह्रो हुन्छ । त्यो समय मनोरञ्जन पूर्ण र यादगार बनोस् भनेर यो फिल्म निशुल्क हेर्न मिल्ने व्यवस्था मिलाएका छौँ’ अभिनेता लामिछानेले बताए ।

सिनेमा घर एप एण्ड्रोइड, आइओस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभी लगायतमा उपलब्ध हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस