
७ जेठ, काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या शुक्रबार ६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १७७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६ हजार २४ पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस