मुख्य समाचार

सेयर खरिद बिक्री गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न निर्देशन

dhitopatra board

८ जेठ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा प्रवेश गर्नेको सक्रियतासँगै सेयर खरिद बिक्री गर्न उत्साहित गराउने उद्देश्यले अनावश्यक विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण नगर्न नियामक नेपाल धितोपत्र बोर्डले ध्यानाकर्षण गराएको छ ।

कोरोना सङ्क्रमण एकाएक बढ्न थालेपछि वैशाख  १६ गतेयता गरिएको निषेधाज्ञाले प्रायः सबै क्षेत्र ठप्प छन् । यद्यपि सेयर बजार भने चलिरहेको छ । बोर्डले सेयर खरिद बिक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न तथा नगराउन, यस्ता अभिव्यक्ति पनि नदिन सरोकारवाला पक्षहरुलाई सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो ।

विभिन्न व्यक्ति र समूहले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेप्से सूचक तथा सूचीकृत संस्थाको सेयर मूल्य बढ्ने वा घट्ने  भन्दै निश्चित सेयरहरू खरिद गर्न  वा बिक्री गर्न उत्साहित गराउने उद्देश्यले अन्तर्वार्ता र अभिव्यक्ति दिएको भन्दै त्यस्तो कार्य रोक्न बोर्डले  ध्यानाकर्षण गराएको  हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस