मुख्य समाचार

संसद विघटन : आजै ५ पार्टीको संयुक्त बैठक

prachanda nepal deuba thakur

८ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै छ । शनिबार विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

खाणका अनुसार बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष राष्ट्रिय जनमोर्चा सहभागिता रहने छ । उक्त गठबन्धनले हिजो काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेको थियो ।

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सरकार गठनका लागि दाबी पेस गरेका थिए । तर राष्ट्रपतिले दुबैको दाबी नपुगेको भन्दै प्रतिनिधिसभा भंग गरेर मध्यावधि घोषण गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तोकेकी छन् ।

प्रधानमन्त्रीको गतिविधि र राष्ट्रपतिको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै आगामी रणनीति बनाउन विपक्षी गठबन्धन बैठक बस्न लागेको खाणको भनाइ छ । उनले भने , ‘उहाँको कदमले संविधानलाई गम्भीर आघात पुर्याएको छ । संविधान र लोकतन्त्र रक्षाका लागि बैठकले अग्रसरता लिन्छ । त्यसका लागि हामी छलफल गर्दै छौं ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *