मुख्य समाचार

देशघाती जोडी यत्तिमै रोकिने वाला छैनन्, प्रतिरोध गरौं : गगन थापा

gagan thapa

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामारीमा त यस्तो अधम गर्न सक्ने देशघाती जोडी यहीँ र यत्तिमै रोकिनेवाला नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । थापाले सामाजिक सञ्जाल फेसबुकमा राखेको धारणा यस्तो छ–

खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद ! विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक, ७६(३)को सरकार गठन, विश्वास लिनुको सट्टा७६(५)को आव्हान, अनुकुल नभएपछि फेरी विघटन ! कस्तो सेटिङ ! प्रकृया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो। लिए ! सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् नेतागण ! नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस