मुख्य समाचार

प्रतिगामी तानाशाही कदमविरुद्ध एकजुट होऔं : झलनाथ खनाल

Jhalanath Khanal

८ जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भएको बताएका छन्  ।

उनले शनिबार सामाजिक सञ्जालमार्फत संसद विघटन गरेर निर्वाचन घोषणा गर्नु संविधान विरोधी, प्रतिगामी तानाशाही कदम भएको टिप्पणी गरेका हुन् । उनले प्रतिवादका लागि सबै पक्षलाई एकजुट हुन आह्वान पनि गरेका छन् ।

“राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म  घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु, “उनले भनेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस