मुख्य समाचार

जसपालाई सरकारमा सहभागी हुन ओलीको अफर, ठाकुर र महतोबीच छलफल

oli mahanta rajendra

८ जेठ, काठमाडौं । संसद विघटनपछि निर्वाचनको घोषणा भएको छ । तर अहिले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई पूर्णता दिने तयारीमा रहेका छन् ।

आधा दर्जन भन्दा बढी मन्त्रालय आफैसँग राखेका ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले त्यसबारे पार्टीमा छलफल सुरु गरेका छन् ।

जसपा स्रोतका अनुसार तीनवटा मन्त्रालय दिनेगरी ओलीले अफर गरेका हुन् । पार्टीमा को कोलाई पठाउने भनने विषयमा छलफल भइरहेको स्रोतको भनाई छ ।  मन्त्री बन्ने सूचीमा जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षबाट महन्थ ठाकुर पक्षमा लागेका उमाशंकर अरगरिया र विमल श्रीवास्तवको नाम रहेको छ । बाँकीको विषयमा पनि छलफल भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस