मुख्य समाचार

ओलीले तानाशाही बुट बजार्दै संविधानलाई धुजाधुजा पारेका छन्ः माधव नेपाल

madhav nepal

८ जेठ, काठमाडौं । एमाले नेता माधवकुमार नेपालले लोकतन्त्र र राष्ट्रिय हितमाथि प्रहार गर्दै मध्यरातमा संसद विघटन गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि तानशाही बुट बजार्दै धुजा–धुजा पारको आरोप पनि लगाएका छन् ।

“दुई–दुई पटक संविधान सभाको निर्वाचन गरी देशले ठूलो मूल्य चुकाएर जारी भएको नेपालको संविधानमाथि प्रधानमन्त्री ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजा–धुजा पारेका छन् । यो लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका लागि विगतमा अनेकौं जनआन्दोलन र संघर्षहरुमा नेपाली जनताले बगाएको रगत र पसिना तथा शहीदहरुले गरेको त्याग र बलिदानको घोर अपमान हो,,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेता नेपालले प्रधानमन्त्री ओली र राष्ट्रपतिको संविधान र लोकतन्त्र विरोधी कार्यको  भत्र्सना पनि गरेका छन् ।

नेता नेपालले  देश, जनता र लोकतन्त्र नै खतरामा परिरहेको विद्यमान जटिल परिस्थितिमा नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन, पार्टी विधान र लोकतन्त्रका पक्षधर पार्टीका नेता, कार्यकर्ता, सदस्य र शुभेच्छकहरुमा दृढताका साथ एकताबद्ध भई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान विरोधी प्रतिगमनकारी कार्यविरुद्ध अघि बढ्न आग्रह पनि गरेका छन् ।

nepal notice

nepal notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *