
८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली नेपालको संविधान समाप्त गर्न उद्दत रहेका ठहर गरेको छ ।
शनिबार सभापति शेरबहादुर देउवाले वक्तव्य जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदमविरुद्ध राजनीतिक र न्यायिक लडाइँ लड्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
मध्यराति प्रतिनिधिसभाको हत्या गरिएको भन्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोमा षड्यन्त्रपूर्वक गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालिएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस