मुख्य समाचार

ओली कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने विपक्षी दलको निर्णय

5dal meeting

८ जेठ, काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षी दलले  प्रतिनिधिसभा भंग गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक र कानुनी रुपले कडा प्रतिवाद गर्ने निर्णय गरेका छन् । आज बसेको बैकठकले प्रतिनिधिसभा विघटन गरेर मध्यावधिको घोषणा गर्ने कार्यको भत्र्सना पनि गरेको छ ।

“प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एकताबद्ध भई राजनीतिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं,” बैठकपछि जारी वक्तव्यमा भनिएको छ, “राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटन गर्ने प्रतिगनकारी कार्यका विरुद्ध एकजुट भई नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघीय लोकतान्त्रिक गणतन्त्र, सामवेशी लोकतन्त्र एवम् नेपालको सर्वोपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न हामी सम्पूर्ण राजनीतिक दल तथा जनसमुदायमा हार्दिक आव्हान गर्दछौं ।”

press release

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *