मुख्य समाचार

मानव अधिकार तथा शान्ति समाजले भन्यो– राष्ट्रपतिको निर्णय विवादास्पद

Bidya Bhandari

८ जेठ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदम विवादास्पद भएको जनाएको छ ।

शनिबार समाजका सभापति गोविन्द खनालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीमा प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाको पक्षमा १४९ जना प्रतिनिधिसभा सदस्यहरुले हस्ताक्षरसहित गरेको दाबीलाई खारेज गर्ने राष्ट्रपतिको निर्णय विवादास्पद भएको जनाएका हुन् ।

सो निर्णयसमेतका कारण प्रतिनिधिसभा विघटन हुनु दुखद र दुर्भाग्यपूर्ण भएको उनले उल्लेख गरेका छन् ।

“यो सम्पूर्ण प्रक्रिया नियोजित षड्यन्त्रअन्तर्गत मञ्चन भएको र यसको चालक सिटमा प्रधानमन्त्री र राष्ट्रपति भएको देखिन्छ भने प्रमुख राजनीतिक दलहरुभित्रको बिचलन र द्वैध चरित्रले पनि यसका लागि सहयोगी भूमिका निर्वाह गरेको देखिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *