
८ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघ रेडियो नेपाल प्रतिष्ठान शाखाका सदस्य कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण ५४ वर्षको उमेरमा मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको कलंकीस्थित नेशनल अस्पतालमा उपचाररत ओझाको जेठ ७ गते शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो । खोटाङको वडाका दियाले–७ निवासी ओझा २०४९ सालदेखि रेडियो नेपालमा कार्यरत थिए ।
उनको निधनले एक कुशल र जुझारु सदस्य गुमाएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस