मुख्य समाचार

रामकुमारी झाँक्रीको आक्रोश: यस्तो बेला चाहिएको छ महाराज/महारानीलाई चुनाव ?

ramkumari

८ जेठ, काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीले मुलुकलाई अध्याँरो युगमा प्रवेश गराएको टिप्पणी गरेकी छिन् ।

उनले आफुहरुले अन्तिम समयसम्म संसद जोगाउन चाहेको उल्लेख गरेकी छिन् । तर, खराब नियतीका मान्छेहरुको षड्यन्त्रको सामू केही नलागेको उनको भनाई छ । सामाजिक सञ्जाल ट्विटरमार्फत नेतृ झाँक्रीले यस्तो लेखेकी हुन् ।

उनले भनेकी छिन्-“एउटा अँध्यारो युगको सुरूवात ! हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ । खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन । यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, ICU, Ventilator नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ । यो सत्ताको अपराधिकरण हो । यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव ? जनताले हिसाबकिताब त पक्कै राख्नेछन् ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *