मुख्य समाचार

आफ्नै दलका नेता बिक्री भएको प्रधानमन्त्रीको आरोप

kp sharma oli

८ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दललाई कारवाहीको आवश्यता नै नभएको बताएका छन् । आफ्नो पार्टीको सरकार असफल पारेर विपक्षीलाई सरकार बनाउन सहयोग गर्नेहरुले अनुशासन तोडेपछि पनि कारवाहीको आवश्यकता नै नभएको बताएका हुन् ।

पञ्चायती जेलमा तेह् वर्ष बिमोचन समारोहमा बोल्दै ओलीले आफ्नै पार्टीका नेता बिक्री भएको आरोप पनि लगाएका छन् ।

‘हिजोमात्रै देखियो जुन दलसँग प्रतिष्पर्धा गरियो र गर्नुछ उही दलको नेतालाई प्रधानमन्त्री बनाएर अनुशासन तोड्ने काम भयो’, उनले भने, ‘यस विषयमा पार्टी निर्णय गरिरहनुपर्दैन । यो बुझेको कुरा हो । जब नेता बिक्छ जब पतित हुन्छ तब आन्दोलनलाई सिध्याउन उद्धत हुन्छन् । त्यही भएको छ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस