समाचार

प्रजातन्त्र सेनानी सदुवा किसानको निधन

bead body tag

८ जेठ, काठमाडौं । प्रजातन्त्र सेनानी सदुवा किसानको निधन भएको छ । प्रजातन्त्रवादी नेता किसानको ६८ वर्षको उमेरमा आज निधन भएको हो । किसान समुदायका एक मात्रै प्रजातन्त्र सेनानी मेचीनगर निवासी थिए । प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण किसानलाई पञ्चायती सरकारले उनलाई सात वर्ष जेल हालेको थियो ।

विसं २०२९ देखि २०३६ सम्म  चन्द्रगढी जेलमा बन्दी जीवन बिताएका किसानको घरबाट १२ थान हतियार (बन्दुक) बरामद गरिएको थियोे । हतियारसहित पक्राउ परेका उनलाई हतियार ओसारपसार तथा भण्डार तथा राज्य द्रोहको मुद्दा लगाइएको थियोे ।

झापा मेचीनगर नगरपालिका–१० किसान बस्तीका बासिन्दा सिके प्रसाईं (रामबाबु), कुलबहादुर  (केबी) गुरुङ, तुर्सा हेमरमका सहयात्री उनी गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र मानिँदै आएका थिए । भूविक्रम नेम्वाङसँगै काँग्रेसले चलाएको सशस्त्र आन्दोलनमा उनी सरिक व्यक्ति भएको बताइन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *