मुख्य समाचार

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक : सभामुख सापकोटा

agni sapkota

८ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकान्त्रिक भएको बताएका छन् । शुक्रबार मध्यरातमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा विघटन २०७७ फागुन ११ मा सर्वोच्च अदालतले गरेको फैसला विपरीत भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।  पुस ५ गते विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले ६७ दिनमा असंवैधानिक ठहर गरेको सम्झदै उनले शुक्रबारको कदमसमेत असंवैधानिक भएको बताएका हुन् ।

‘पछिल्लो विकसित राजनीतिक घटनाक्रम, मूलतः हिजो मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ’, सभामुख सापकोटाले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘यो कदम २०७७ पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनीतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस