समाचार

काठमाडौं उपत्यकामा थपिए २ हजार ३१८ कोरोना संक्रमित

kathmandu check point

८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २० हजार १०५ वटा नमुनाको परीक्षण गर्दा देशभर ८ हजार ९८० जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै दुई हजार ३१८ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै एक हजार ८११ जना छन् । यस्तै, ललितपुरमा ३२८ र भक्तपुरमा १७९ संक्रमित थपिएका हुन् । पछिल्ला दिनमा उपत्यकामा दैनिक थपिने संक्रमितको संख्यामा कमी देखिएको छ ।

देशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२९ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा आठ हजार ८४८ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस