
८ जेठ, पोखरा । नेपाल विद्यार्थी संघले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । राष्ट्रपति भण्डारीले रातारात संसद विघटन गरी चुनाव घोषणा गरेपछि नेविसंघले त्यसका विरुद्ध शनिबार साँझ राँके जुलुस निकालेको हो ।
जुलुस निस्केको केहि बेरमै वडा प्रहरी कार्यालय वैदामकी डिएसपी चिनीमाया तामाङको नेतृत्वमा खटिएको प्रहरीले हस्तक्षेप गरेको नेविसंघका पूर्व केन्द्रीय सदस्य भानु ढकालले जनाकारी दिए ।
उनले प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्र मूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको बताउदै त्यस कदमका विरुद्ध नेविसंघ चुप लागेर नबस्ने बताए ।
प्रतिक्रिया दिनुहोस