मुख्य समाचार

सत्ताधारीले वैधता गुमाएपछि अनेक भ्रम, विभाजन सिर्जना हुन्छः घनश्याम भुसाल

ghanshyam bhushal

९ जेठ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता घनश्याम भुसालले सत्ताधारीले वैधता गुमाएपछि अनेक भ्रम, विभाजन सिर्जना गर्ने बताएका छन् । पार्टीभित्र पुनः विवाद उत्कर्षमा पुगेपछि र माधवकुमार नेपालसहित केही नेतालाई तेस्रो पटक र सांसदहरूलाई दोस्रो स्पष्टीकरण थमाइएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

‘सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पंत्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरूलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘वास्तवमा परिणाम विपरीत हुन्छ ।’

सत्ताधारीले जतिजति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउने बताए । ‘सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दाम, दण्ड, भेदजस्ता समाधानका उपायहरू अपनाउँछ । यसबारे माक्र्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरूको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो । अथवा यसरी भनौँ- राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आजका विश्व विद्यालयहरूमा मुख्यरूपले छक्कापञ्जा शास्त्र कै पढाइ हुन्थ्यो ।’ उनले लेखेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *