समाचार

खैरो हेरोइन कारोबार गर्ने एक युवतीसहित ३ जना पक्राउ

arrest

९ जेठ, काठमाडौं । झापा र कञ्चनपुरबाट लागु औषध (खैरो हेरोइन) सहित प्रहरीले एकजना युवतीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापाको मेचीनगर नगरपालिका–६ बाट २६ वर्षीय सुमन दनुवार र दमक घर भएकी २१ वर्षीया समिता राई रहेका छन् ।

लागु औषध नियन्त्रण ब्यूरो र सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट प्रहरीले २० वर्षीया राकेश औजीलाई पक्राउ गरेको छ । भिमदत्त–६ ऐठपुर घर भएका औजीको साथबाट ९ दशमलव ४२ ग्राम  खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस