समाचार

गैँडाको खाग तस्करीमा फरार प्रतिवादी पक्राउ

gaida

९ जेठ, काठमाडौं । गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालिका) बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् । उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठुलेचौर भन्ने ठाउँबाट पक्राउ गरिएको हो ।

उनले विसं २०६७ चैत २७ गते धोवाहा रतनी घाटमा भाले गैँडालाई गोली हानी खाग तस्करी गरेको अभियोगमा विशेष अदालतले १५ वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो । उनलाई अदालतले विसं २०७४ फागुन १५ गते सो फैसला सुनाएको थियो ।

उनलाई गैँडा तस्करीसँगै चोरी शिकारीमा संलग्न तीन मुद्दामा दोषी ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा चार फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस